स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

मेट्रो संवाददाता

५ असार २०७८ १७:३०

काठमाडाैं, असार ५ । स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ। डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो।

असार २ गते जोगबुडा अस्पताल स्वास्थ्य सामाग्री पुर्‍याउन गएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्।

उनको खोजीकार्यका लागि परिवारले ईलाका प्रहरी कार्यालय निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले तीन दिन अघिदेखि सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको बताए।

नेपालसमय अनलाइनअनुसार प्रहरी नायव उपरीक्षक नेपालले ईलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताए।

उनले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताए। हत्या हो या आत्महत्या त्यो अनुसन्धानपछि खुल्छ उनले भने, ‘प्रहरी अनुसन्धानमा खटिसकेको छ।’

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता