स्वर्गकी_अप्सरा (रारा)

स्वर्गकी_अप्सरा (रारा)

मेट्रो संवाददाता

१२ असार २०७८ १२:४४

कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित रारा नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा चिनिने यो ताल समुन्द्र सतह देखी २९०० मिटरको उचाइमा रहेको छ । ५.१ किलोमीटर लम्बाई ,३.५ चौडाई तथा १६८ मिटर गहिराई भएको यो ताल ११ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

नेपालको सबैभन्दा ठूलो तालमा वि.स.२०२० मा राजा महेन्द्र वीर बिक्रम शाह भ्रमणमा गएको बेला यो ताललाई स्व्रर्गकी अप्सरा भनी नामकरण गरेका थिए ,त्यसपछि राराको अस्तित्व झन बढेको छ ।

सायद रारातलको बारेमा थाहा नहुने नेपाली बिरलै मात्रामा होलान नत्र प्रत्येक नेपालीको मुखमा रारातालको नाम पक्कै पनि छ होला । राराको नाम धेरैले सुनेपनी त्यहाँ जाने मान्छे भन्ने सिमित मात्रामा छ्न । तपाईंले अनुमान गरेको रारा र प्रत्यक्षमा रारा कस्तो छ यो पढ्नुहोस ।

प्रकृतिको उपहारको रुपमा श्रृजित राराताल भित्र स्वच्छ निर्मल पानीमा असला माछाको क्रिडा चारैतिर हरियाली वातावरण तथा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम रमणीय दृश्यले रारातालको झन सोभा बढाएको छ । यति मात्र नभएर रास्ट्रिय पन्छी डांफे लगायत २७२ प्रकार चराचुरुङ्गी,५१ प्रकारका स्तनधारी जन्तु र करिब ४०० प्रकारका बोटबिरुवा पाइने यो ताललाई नेपाल सरकारले वि.स २०२० चैत्र १३ गते रास्ट्रय निकुञ्ज भनी घोषणा गरेको थियो र तत्कालीन पन्चायतद्वारा महेन्द्र ताल भनी नामकरण गरिएको यो सन २००७ मा रामसार सुचीमा सुचिकृत हुन सफल भएको थियो ।

घामको किरण अनुसार आफ्नो रुप फेर्ने राराताल जेष्ठ देखी आश्विन महिनासम्म विभिन्न फुलहरुले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छिन् भने मंसिर देखी चैतसम्म हिउँ ले छ्पक्क यो ताल हिरा जस्तै चम्किन्छिन। विश्वमा अन्यत्र नपाईने माछा असला(हिमाली) पाइने यो तालको पुरै दृश्य हेर्नको लागि ताल पश्चिममा रहेको ४००० मिटर अग्लो मुर्माटप चुचुरोमा ३ घण्टाको पैदल यात्रा गरेर चुचुरोमा पुगेपछी तालको मनोरम दृश्यका साथै सैपाल हिमालको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

५ किलोमीटर लम्बाई भएको यो तालको किनारा एक फन्को मार्न करिब ६ घन्टा लाग्छ । रारा लागी बर्ष भरिनै उपयुक्त भएपनि प्राय मानिसहरु हिउँले ढाकेको रारा र फुलैफुलैको रारा हेर्न बढी रुचाउँछन् र अरु बेला भन्दा यही समयमा आन्तरिक र बाहिरी पर्यटक हरु बढी जाने गर्छ्न ।

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । काठमाडौंबाट हिडेको करिब १२ देखि १५ घन्टामा बसबाट कर्णाली प्रदेश सदरमुकाम बिरेन्द्रनगर सुर्खेत पुग्न सकिन्छ ।

कर्णाली प्रदेश सदरमुकाम बाट भने लोकल बस राराका लागि भनेर छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, सुर्खेतबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । जुन बस 28-30 घण्टामा मुगु सदरमुकाम गमगढी पुग्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ । यसबाहे पनि सिदै नेपालगञ्जबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।

लेख : दिपेन्द्र बुढा

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता