सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली वृद्धि गर्ने नीति अनुरुप वृक्षारोपण

सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली वृद्धि गर्ने नीति अनुरुप वृक्षारोपण

मेट्रो संवाददाता

३ साउन २०७८ १२:०३

कामपा प्रमुख विद्यासुन्दर शाक्य वडा १२ ह्युमत विष्णुमती नदी किनारामा वृक्षाराेपण गर्नुहुँदै ।

काठमाडाैं, ३ साउन २०७८ ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्न वृक्षारोपण थालिएको छ । हरियाली वृद्धि गर्ने नीति अनुरुप बर्खाको समय पारेर कामपा प्रमुख विद्यासुन्दर शाक्यले शनिवार वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने काम सुरू गर्नुभएकाे हो ।

उहाँले रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो ।

परिवर्तन सम्भव छ र भइरहेने बिचारका साथ समाजका आवश्यकता पूरा गर्न अझै पनि काम गर्न बाँकी बताउँदै उहाँले भन्नुभयाे, ‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ ।’

साना विरुवा हुर्काउन गाह्राे हुने बताउँदै कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोपेकाे र त्यहि नै मापदण्ड बनाएकाे उहाँले भन्नुभयाे ।

हरियालीले सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको छ ।

महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार आज अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिए ।

विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ । श्रेष्ठ भन्नुहुन्छ, यसका वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।

कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोप्नुभएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता