४३औं पुष्पलाल स्मृति दिवसकाे उपलक्ष्यमा वृक्षारोपण

४३औं पुष्पलाल स्मृति दिवसकाे उपलक्ष्यमा वृक्षारोपण

मेट्रो संवाददाता

९ साउन २०७८ १९:३७

मेट्राेन्यूज / काठमाडाैं, साउन ९।

स्वयम्भूकाे गिता मन्दिर प्राङ्गणमा ४३औं पुष्पलाल स्मृति दिवसकाे उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय कमिटीका उपाध्यक्ष एवम् काठमाडाैं ८ नं. क्षेत्र प्रदेश सभाका सदस्य माननीय अष्टलक्ष्मी शाक्यकाे प्रमुख आतिथ्यमा शनिबार वृक्षारोपण गरिएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडाैं महानगरपालिका १५ वडा कमिटीकाे आयाेजनामा गरिएकाे उक्त वृक्षाराेपण कार्यक्रममा दुइसय बाेट रूख राेपिएकाे छ ।

महानगरपालिका १५ वडा कमिटीका अध्यक्ष राजा शाक्यकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले पुष्षलाल स्मृति दिवसकाे अवसरमा गरिएकाे वृक्षाराेपण कार्यक्रमलाइ अत्यन्तै महत्वपूर्ण भएकाे बताइन् ।

‘वृक्षाराेपण आफैमा महत्वपूर्ण कुरा हाे । जलवायु परिवर्तन र प्राकृतिक प्रकाेपलाई केही हदसम्म न्युनिकरण गर्न धेरैभन्दा धेरै रूख राेप्नुकाे साथै यसकाे संरक्षण गर्नुपर्छ।’, वृक्षाराेपणपछि पत्रकारभेटघाटमा शाक्यले बताइन् ।

प्रकृति भनेकाे जीवन भएकाेले यसलाई माया गर्नु पर्नेमा जाेड दिंदै शाक्यले पुष्पलालले देशकाे लागि गरेकाे त्याग र बलिदानलाई सम्झिइन् ।

‘पुष्पलालले आफ्नाे त्याग र बलिदानबाट स्थापना गर्नुभएकाे नेकपा पार्टीमा त्याग र बलिदानकाे कुरा एकदमै गाैण भएकाे छ’, उनले बताइन्।

पदकाे लागि भइरहेकाे अस्वस्थ प्रतिस्पर्धाले लाेकतन्त्र एवं गणतन्त्रकाे लागि हितकर नभएकाे बताउँदै उनले पुष्पलालले भनेकाे जस्ताे बिचार र बिधिलाई प्राथमिकता दिनु पर्नेमा जाेड दिइन् ।

वृक्षाराेपण कार्यक्रममा अतिथिका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रिय प्रतिनिधि सागर नेपाल, वाग्मति प्रदेश कमिटीका सदस्य, काठमाडाैं महानगरपालिका १५ वडाका अध्यक्ष एवम् काठमाडाैं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगाेल, काठमाडाैं जिल्ला कमिटीका सदस्य एवम् काठमाडाैं महानगरपालिका १५ वडाका सदस्य मैयाँलक्ष्मी महर्जन र काठमाडाैं जिल्ला कमिटीका सदस्य अमृत रत्न डंगाेलकाे उपस्थिति थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता