थप तीन हजार २७४ मा सङ्क्रमण पुष्टि

थप तीन हजार २७४ मा सङ्क्रमण पुष्टि

मेट्रो संवाददाता

१ भदौ २०७८ १८:११

काठमाडाैं, १ भदाै । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ ।  पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ ।

थप २७ को मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता