बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक प्रिमियर

बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक प्रिमियर

मेट्रो संवाददाता

१० असोज २०७८ १३:१५

काठमाडाैं, १० असाेज । बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक प्रिमियर भएकाे छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मुख्यकाे मुख्य अतिथि तथा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठकाे विशेष अतिथिमा बालाजुस्थितअष्टनारायण हलमा उक्त चलचित्रकाे प्रिमियर असोज ९ गते शनिवार भएको हाे ।

मूख्य अतिथी विद्या सुन्दर शाक्यले बुद्धधर्मका नेपाल भाषाका चलचित्रहरु गैर नेपालभासाबाट पनि डबिंग गरी प्रदर्शन गर्न सुझाव दिनुभयो । बौद्ध धर्म भनेका नेवार मात्र नभई सबैको रहेको उल्लेख गर्नुभयो । साथै निर्माणाधीन मंकाःखलःको भवनमा सिनेमा देखाउन मिल्ने हलको निर्माण पनि भइरेहेको बताउनुभयो ।

विशेष अतिथी काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय सरकार अहिले सकृय रहेको र नेपालभासा उत्थानका निंम्ति स्थानीय तहलमा नेपालभासामा अध्ययन, अध्यापन भैरहेको कुरा उल्लेख गर्दै नेपालभासाको चलचित्र घोषक प्रदर्शन भएको कुरामा खुशी व्यक्त गर्नुभयो।

भिक्षु निग्रोघ महास्थवीरद्वारा घोषकको प्रसंग उल्लेख गर्दै बुद्धधर्मको प्रचारमा विहार निर्माण गर्नेमध्ये अनकौं व्यक्तिमा एक व्यक्ति घोषकपनि रहेको र भारतको कौसम्बी नगरमा घोसिताराम विहार निर्माण गरेको ऐतिहासिक कुरा रहेको बताउनु भयो ।

चलचित्रका पटकथा लेखक दर्शनवीर शाक्यले चलचित्र लेखक दिवंगत धर्मरत्न शाक्यलाई सम्झँदै वहाँको कल्पनशीलताको बयान गर्नुभयो । साथै आजको समस्या भनेकै नेपालभासाको चलचित्र प्रदशर्न गर्न सिनेमाहलको समस्या भएको हुँदा मुख्य अतिथी विद्यासुन्दर शाक्यलाई नेपालभासाको चलचित्र प्रदर्शन गर्नको निम्ति स्थानीय सरकारबाटै सिनेमा हलको प्रवन्ध गरीदिन अनुरोध गर्नु भयो ।

काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्षले चलचित्रहरु स्तरीय हुनु पर्ने कुरामा जोडदिनु भयो ।

कार्यक्रममा घोषका अर्का निर्माता प्रेमा शाक्यले स्वागत मनतब्य राख्नु भएको थियो । निर्देशक अमृतचन्द्र श्रेष्ठले सबै कलाकारलाई धन्यवाद दिदैं मृगौला फेल भएका फिल्मका कलाकार पल्पसा डंगोलको सुस्वास्थको कामना गनुए भयो ।

सभापति रोशन ब्रज्राचार्यले सबैसामु धन्यवाद अर्पण गर्दै प्राप्त सुझावहरु मनन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता