बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा

बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा

मेट्रो संवाददाता

५ कार्तिक २०७८ १९:३०

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पु¥याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गर्नुभएका उहाँले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय  खोजिने बताउनुभएको हो ।

“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पु¥याएको छ”, उहाँले भन्नुभयो, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको उल्लेख गर्दै नेपालमा कोरोना रोकथाम हुँदै जाँदा बेलायतलगायत अन्य देशले ‘भिसा’ खुला गरेको बताउनुभयो । अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेपालको कानूनभन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको बताउनुभयो ।

पार्टीको महाधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ, निर्वाचन समतिले निष्पक्ष भएर चुनाव गराउने भएकाले यो काममा पार्टी सभापतिको भूमिका हुँदैन ।” उहाँ वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लामा भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किनुभएको छ ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो ।  यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा आजसम्म ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा रोपिएको बर्खे धानबाली नष्ट भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता