भक्तपुर एमाले अध्यक्षमा देउजा

भक्तपुर एमाले अध्यक्षमा देउजा

मेट्रो संवाददाता

२६ पुष २०७८ १३:३९

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिनुभयो ।

बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाउनुभएको र त्यसमा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्ग्याएर ल्याएको र आजै शपथग्रहणपछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको बन्दसत्रमा सहभागी नेताले जानकारी दिएका छन् ।

जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि हिजो र आज बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको अथक प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता