डेढ महिनामा सात हजार पर्यटक भित्रिए

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मेट्रो संवाददाता

२ कार्तिक २०८२ ९:५०

मनसुन सकिएसँगै खुल्न थालेको मौसमसँगै हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयका अनुसार चालु यामको पहिलो डेढ महिनामै ७ हजार ४६१ पर्यटक मनाङ पुगेका छन् ।

एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार इजरायलका १,१२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ नागरिकले अन्नपूर्ण पदमार्ग, थोराङ्ला र लार्के भञ्ज्याङ हुँदै तिलिचो ताल भ्रमण गरेका हुन् । उहाँले भन्नुभयो, “विश्वका ८७ देशका नागरिक मनाङ आएका छन्, जसले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।”

पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार जेनजी आन्दोलन र मनसुनका कारण अघिल्ला महिनामा पर्यटक घटेका थिए, तर अहिले फेरि चहलपहल बढ्दै गएको छ । “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा योगदान पुर्‍याउँछ,” उहाँले भन्नुभयो ।

होटल व्यवसायी नवीनविक्रम सिंहका अनुसार बुकिङ रद्द भएका होटलहरू अहिले पुनः भरिन थालेका छन् । “अझै पूर्ण रूपमा पर्यटक फर्किएका छैनन्, तर स्थिति सुधारोन्मुख छ,” उहाँले बताए ।

मनाङमा विदेशीसँगै स्वदेशी पर्यटकको आकर्षण पनि बढेको छ । स्थानीय पदमार्ग र ग्रामीण पर्यटनप्रति रुचि बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहरबाट सुरु हुने यात्रा हाल सडक विस्तारसँगै अझ सहज बनेको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता