पुष्पराज श्रेष्ठकाे नेतृत्वमा  ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा

पुष्पराज श्रेष्ठकाे नेतृत्वमा ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा

मेट्रो संवाददाता

१० साउन २०७८ १४:४८

मेट्राेन्यूज / काठमाडाैं, साउन १० ।

नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा गरेको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलकाे प्रमुख आतिथ्यमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा भ्याली कमाण्ड घोषणा गरेका हुन् । श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

युथ फोर्स सेन्ट्रल कमान्डका संयोजक क्षितिज थेबेले समाज परिवर्तन र सरकारलाई खबरदारी गर्नका लागि युथ फोर्स गठन गरिएको बताए । युथ फोर्सले पार्टी एकता अभियानको पहल र स्वागत गर्ने उनको भनाइ थियो ।

युवाहरुको गरिमामय उपस्थिति भएकाे युथफोर्सले शभ्यताको पहिचान दिनुका साथै सामुहिक सहकार्यमा विस्वास राख्ने भएअनुसार भ्याक्सिन स्वयंसेवक परिचालन भैसकेको, सबैभन्दा धेरै वृक्षारोपण गर्ने र बिपद् परेकालाई सहयोग गर्ने पहिलो युवा संगठनका रहेको बताए ।

शनिबार युथ फोर्सले माइतीघरमा निकालेको र्‍याली ।

कमिटी घोषणा कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट निसार उद्दिन, उद्दव खड्गी, किसन डंगोल, संजय शाही, कुमार खड्गी काठमाडौं क्षेत्र नं ९ बाट राम खड्गी,ओम महर्जन, बिक्रम महर्जन, राजन वि शि, विजय बलामी, भुपाल खड्का, श्यामकुमार तामाङ काठमाडौं क्षेत्र नं १० बाट सुरेन्द्र थापा, सुकुलाल तामाङ, विजय तामाङ, निरन्जन बस्नेत, प्रकाश तामाङ, मधु अधिकारी, प्रचण्ड बस्नेत, प्रसान्त तामाङ, आशिष् कार्की, संजिव महर्जन, मदन महर्जन, दिभाका खड्का, रजि बलामी, अनिल कार्की, सुमन महर्जन काठमाडौं उपत्यका युथफोर्स कमान्डरमा मनोनीत हुनुका साथै राष्ट्रिय युवा संघ नेपाल `युथफोर्स´ले हजारौं संख्यामा युवाहरुको मार्चपास गराएको थियो।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता