राष्ट्रिय युवा संघ नेपालले भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन

मेट्रो संवाददाता

२२ साउन २०७८ ०:३६

काठमाडाैं, २१ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ। भुमि हिन जनताको लागि आयोग पुनर्स्थापित नभएसम्म परमादेश सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ।राष्ट्रिय युवा संघ नेपालले कालो ब्यान र प्लेकार्डसहित मनोहराको सुकुम्बासी बस्तीबाट जुलुस निकालेका छन् ।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर अहिलेको परमादेश सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनका क्रममा सुकुम्बासी जनता लगायत राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नाराहरु लगाएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले परमादेश सरकारले गरिव तथा भूमिहिन जनताको टाउकोमा घनले हानेको उल्लेख गर्दै सुकुम्वासीले संविधानले ग्यारेन्टि गरेको कुरालाई लात हान्दै भूमिहिन जनताको भाग्य र भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोस जनाए ।

तेस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवे ज्युले एक लाख ८८ हजार भुमिहिन सुकुम्वासीहरूलाई लालपुर्जा दिने अन्तिम अवस्थामा पुगेको आयोग खारेज गरि पुर्व प्रधानमन्त्री सम्मानिय केपी ओली नेतृत्वको सरकारले १२ लाख करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको परमादेश सरकारले जनघाती काम गरेको बताएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा युथफोर्सका संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा युथफोर्स सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार प्रमुख अशोक चौलागाई, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, उपमहासचिव रामजी सापकोटा क्षेत्र नं ८ बाट नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य एवं उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गी, नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं उपत्यका युथफोर्स कमान्डर निसार उद्दिन, क्षेत्र नं ९बाट उपत्यका युथफोर्स कमान्डर राम खड्गी,भुपाल खड्का,श्याम कुमार तामाङ,राष्ट्रिय युवा संघ नेपाल १४ वडा कमिटीका अध्यक्ष सुमन चित्रकार ज्युहरु लगायत विभिन्न क्षेत्र बाट युवा नेताहरुले नेतृत्व गर्दै निर्णय फिर्ता नलिएसम्म देशैभर भूमिहिन तथा गरिव जनताको पक्षमा आन्दोलनको आँधिवेरी सिजर्ना गर्ने भएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता