वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने

मेट्रो संवाददाता

१६ साउन २०७८ १६:५२

काठमाडौं, १६ साउन २०७८ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।

समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय गरेको संयोजक डा माला खरेलले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियानको ४२९औँ हप्तामा आज गुह्येश्वरी मुनिको नदी किनारमा सफाइ गरिएको छ । गत हप्ता पनि गुह्येश्वरीमा सफाइ गरिएको थियो । अर्को हप्तादेखि सफाइ महाअभियान पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा प्रवेश गर्ने तयारी भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषसँग पनि सहकार्य गरिने जनाइएको छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको वाग्मती प्रदूषित हुने क्रम नरोकिएपछि यस्तो निर्णय गरिएको हो ।

समितिका सञ्चालक सदस्यसमेत रहनुभएकी खरेलका नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मी एवं समितिका कर्मचारीको सक्रियता थियो ।

यसैगरी महाअभियानको ४२९औँ हप्तामा आज काठमाडौँ महानगरपालिका¬¬–११ स्थित थापाथली क्षेत्रमा फोहोरको डष्टबिन वितरण गर्नाका साथै फोहोर वर्गीकरण गर्न सिकाइएको छ । पहिलो चरणमा घरबाट निस्कने कुहिने फोहर राख्न १० जना स्थानीयवासीलाई डष्टबिन वितरण गरिएको वडाध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो ।

कार्यक्रममा प्रसूति गृह पछाडिको खुला स्थानमा बाँसको वृक्षरोपण गरिएको छ । सो अवसरमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिना लगायतले महानगरपालिकाको ११ नं वडालाई सफाइमा नमूना बनाउन आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।

यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।

वर्षायाममा नदीमा आउने बाढीले सफा देखिने गरे पनि हिउँदमा भने नदी फोहोर एवं दुर्गन्धित हुने गरेको छ । वर्षामा जस्तै हिउँदमा पनि वाग्मतीमा पर्याप्त पानी बगाउन निर्माण शुरु गरिएको धाप बाँधको काम पूरा नहुँदा कहिलेसम्म नदी फोहोर रहन्छ भन्न गाह्रो हुने देखिएको अभियानकर्मीको गुुनासो छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता