केके मानन्धर
१७ कार्तिक २०८१ ११:२१
काठमाडौं : साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित ‘आत्मिकी अन्धकार’ शीर्षकको कविता संग्रह कात्तिक १५ गते जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको छ। पुस्तकले भ्रष्टाचार, अराजकता, र असहिष्णुताजस्ता कुप्रवृत्तिहरूलाई प्रहार गर्ने उद्देश्य राखेको छ।
लोकार्पण कार्यक्रममा स्रष्टा खत्रीले समाजमा व्याप्त खराब प्रवृत्तिहरूलाई असल शिक्षा र आत्मिकी ज्ञानको अभावले प्रोत्साहन गरिरहेको बताउँदै, व्यक्ति, परिवार र राष्ट्रको सुधारका लागि सबैको मन शुद्ध हुनु जरुरी रहेको उल्लेख गरे।
लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशित गरेको यस कविता संग्रहलाई जेष्ठ नागरिक कमलबहादुर बस्नेत र नन्दकुमारी बस्नेतको बाहुलीबाट लोकार्पण गरिएको थियो। काठमाडौंको जरङ्खु हाईटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतसहित विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो।
RECOMENDED News
Latest News
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...
१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता
टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी
♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...
८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



