महाधिवेशनकाे लागि कोइराला, निधि र सिंहका बीच ब्यापक छलफल सुरू

महाधिवेशनकाे लागि कोइराला, निधि र सिंहका बीच ब्यापक छलफल सुरू

मेट्रो संवाददाता

१२ असार २०७८ ०:३३

काठमाडौं, असार ११ । महाधिवेशनका लागि नेपाली कांग्रेसका नेताहरुबीच भेटघाट तिब्र भएको छ । आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिका दावेदार तीन नेता उपसभापति विमलेन्द्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला छलफलमा जुटेका छन् ।

कोइराला निवासमा उपसपभापति निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह कांग्रेसको १४ औं महाधिवेशनका बारेमा छलफल गर्नका लागि पुगेका हुन् ।

तीन नेताबीच नेतृत्वका विषयमा भने अहिलेसम्म ठोस सहमति बनिसकेको छैन । यद्यपि छलफललाई निरन्तरता दिँदै त्यसबारे पनि सहमति खोज्ने प्रयास भइरहेको पूर्व महामन्त्री सिंहले बताए ।

साझा धारणा बनाएर अघि बढ्ने समझदारी बनेको तीन नेताको दाबी छ । यी भेटबाट उत्साहित महामन्त्री कोइराला एउटै टिम बन्ने संभावना बढैको बताए ।

यसअघि उपसभापति निधिले कोइराला र नेता सिंहलाई आफ्नै निवासमा बोलाएर आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसको निरन्तरताअनुसार आज कोइराला निवासमा नेताहरू जम्मा भएका हुन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता