कार्यवाहक प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरे

कार्यवाहक प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरे

मेट्रो संवाददाता

१३ असोज २०८१ ८:३७

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। बाढी, पहिरो, र अन्य प्राकृतिक विपद्सम्बन्धी समस्याहरूमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयका अनुसार देशभरि लगातार भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएको छ। बैठकमा उद्धार, राहत, र पुनर्स्थापनासम्बन्धी विषयमा सबै दलसँग छलफल हुने बताइएको छ।

गृहमन्त्रालयको समन्वयमा उद्धार कार्यहरू भइरहेको जानकारी दिँदै सिंहले सुरक्षाकर्मी, स्थानीय प्रशासन, राजनीतिक दलहरू, र नागरिक समाजलाई प्रभावित क्षेत्रहरूको सेवामा लाग्न आह्वान गरेका छन्। यसै क्रममा उनले पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई सजग र संयमित रहन अनुरोध गरेका छन्।

मौसमविद्हरूका अनुसार अझै केही दिन वर्षा जारी रहने भएकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि उनले अपील गरेका छन्।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता